Logo
Logo

रविले ‘क्लिन चिट’को अनुचित हल्ला गरे : शंकर पोखरेल


189
Shares

घोराही । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कमजोरी स्वीकार्नुपर्ने ठाउँमा उल्टै ‘क्लिन चिट’ पाएको भन्दै हल्ला गर्नु उचित नभएको बताएका छन् ।

शनिबार प्रेस चौतारी नेपाल दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिन चिटको अनुचित हल्ला चलाएको बताए ।

उनले भने, ‘अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले । सहकारीको रकम असुरक्षित गर्नेहरुलाई दण्डित गरिनुपर्छ । सहकारीको सदस्य नरहेका व्यक्ति र कम्पनीलाई लगानी गर्न मिल्दैन, अनुचित तरिकाबाट लगानी भित्र्याएको पुष्टि भयो, विना लगानी हिस्सेदारी प्राप्त गर्ने कुरा अनुचित हो, विना लगानी शेयर प्राप्त गर्ने कुरा अनुचित कार्य हो ।’

उनले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह कति सफल, कति असफल भन्नका लागि उनले गरेका कामहरू हेर्नुपर्ने बताए । उनले भने, ‘देशभरका महानगरपालिकामध्ये सबैभन्दा कमजोर छ काठमाडौं, हेर्ने त त्यही होला नि ! राजधानी सबैको सुरक्षित स्थल हुन सकेन । गरिब, निमुखाको काठमाण्डौं हुन सकेन ।’

बालेनको चर्चाको आधार अराजकता भएको उनले अरोप लगाए । ‘अराजक विद्रोही चरित्रलाई आदर्श मान्ने प्रवृत्ति बढ्न थाल्यो । यो राम्रो संकेत होइन । आफूलाई जे मन लाग्यो त्यही गर्ने कुरा राजनीति होइन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्