Logo
Logo

एमाले र माओवादीबाट देश सफल हुँदैन : कृष्ण सिटौला


3.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीले देश सफल नहुने बताएका छन् ।  

नेपाली कांग्रेस झापा-काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले कांग्रेसले यसअघि माओवादी र अहिले एमालेसँग सहकार्य गरेपनि उनीहरूबाट देश सफल नहुने बताएका हुन् ।

कांग्रेसले देखाएको बाटोमा अन्य दल हिडेमात्रै देश सफल हुने उनको भनाइ छ । उनले अन्य दललाई बाटो देखाउने गरि कांग्रेसले आफ्नो रणनीति तयार गर्नुपर्ने धारणा राखे । सिटौलाले संविधान संशोधन र देशको विकासका लागि सबै दलहरूलाई सहमतिमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।  

प्रतिक्रिया दिनुहोस्