Logo
Logo

संकटासँग सुदूरपश्चिम ६-० गोल अन्तरले पराजित


189
Shares

काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिगमा संकटा फुटबल क्लब र नेपाल पुलिस क्लब बिजयी भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको पहिलो खेलमा संकटाले सुदूरपश्चिमलाई ६-० गोल अन्तरले पराजित गर्यो । संकटाको दोस्रो जितमा तेमिलोपे जेनिफरले चार गोल गरिन् । ममता पुन र पूर्णिमा हमालले एक एक गोल गरिन् । जितसँगै संकटाले सात खेलबाट आठ अंक जोडेको छ ।

सुदूरपश्चिमको भने यो लगातार सातौं हार हो । त्यस्तै शनिबार नै भएको दोश्रो खेलमा पुलिस क्लवले वालिङ नगरपालीकालाई २-० गोल अन्तरले पराजित गर्यो । पुलिसका लागि दुवै गोल सम्झना लावतीले गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्