Logo
Logo

जबज नेपालको मौलिकतामा विकसित भएको विचार : ईश्वर पोखरेल


126
Shares

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको सन्दर्भमा जबज सक्रियता, जनसेवा, पहलकदमी र प्रतिस्पर्धा भएको बताएका छन् ।

फाइल फोटो

मदन भण्डारी फाउन्डेसनको आज ललितपुरमा आयोजित २५औँ स्थापना दिवस तथा रजत जयन्ती समारोहमा बोल्दै उनले भने, ‘जबज नेपालको मौलिकतामा विकसित भएको विचार हो, द्वन्द्वलाई विधिसम्मत ढङ्गले प्रस्तुत हुन दिनुपर्छ भन्ने यसको मान्यता हो । माक्र्सवादको प्रयोगको सिलसिलामा नेपाली मौलिकतामा प्रतिपादन भएको यस सिद्धान्त प्रतिवादबारे हामीले आफ्नो विशिष्टतामा रहेर विश्लेषण गर्नुपर्छ ।’

उनले नेपालमा एउटा उदार पुँजीवादलाई प्रोत्साहन गर्ने र अर्काे सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने दुई धारका शक्ति रहेको उल्लेख गर्दै प्रतिस्पर्धामा रहेका दुईवटा धारबीच आपत्कालीन अवस्थामा सहकार्य र प्रतिस्पर्धा दुवै हुन्ने गरेको धारणा राखे ।

पोखरेलले नेपालको परिवर्तन पृथक ढङ्गले अगाडि बढेको सहमतिको साझा दस्तावेजका रूपमा रहेको संविधानले त्यसलाई संस्थागत गरेको बताए । सबै दलहरूको सहमतिका र छलफलका आधारमा संविधान संशोधन अगाडि बढाउन जरूरी रहेको उनको भनाइ थियो ।

‘दलहरूका बीचमा विषय र प्रक्रियाका बारेमा छलफल भएन भने संविधान संशोधन हुन सक्दैन । सहमतिका साथ सहकार्य गर्दै जानुपर्छ भन्ने एमालेको धारणा हो, संविधानका आधारभूत कुराबाट विमुख हुनुहुँदैन, संशोधनका विषयमा हिजो संविधान निर्माणमा मुख्य भूमिका खेल्ने राजनीति दलहरुबीच छलफल र सहमति हुनुपर्छ’, पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस्