Logo
Logo

दशैंका लागि १२ असोजदेखि अग्रिम टिकट बुकिङ खुला हुने


378
Shares

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले घटस्थापनाभन्दा एक हप्ताअघि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

घेरै ठाउँमा सडक मर्मत बाँकी रहेकाले सडक मर्मतको काम सकिएपछि टिकट बुकिङ खुला गर्ने निर्णय भएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय भएको छ ।

सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिने भएको छ । वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाले छठ पर्वको एक हप्तापछि समायोजन गरिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्