Logo
Logo

श्रीलंकामा देशभर कर्फ्यु


1.2k
Shares

एजेन्सी । श्रीलंकामा देशभर कर्फ्यु लगाइएको छ । शनिबार राष्ट्रपतीय निर्वाचनको मतदान सकिएको केही घण्टापछि नै देशभर कर्फ्यु लगाइएको हो । अहिले त्यहाँ मतगणना भइरहेको छ ।

करिब २ वर्षअघि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडेपछि श्रीलंकामा पहिलोपटक निर्वाचन भएको हो । मुलुकमा शान्तिपूर्ण रूपमा मतदान भएपनि सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर देशव्यापी रूपमा कर्फ्यु लगाइएको अधिकारीहरुले जनाएका छन् ।

श्रीलंकामा मतगणना भइरहेका बेला सुरक्षा अधिकारीहरू सडकमा गस्ती गरिरहेका देखिएका छन् । यो निर्वाचनलाई सरकारको अर्थतन्त्रको व्यवस्थापनमा जनमत संग्रहका रूपमा हेरिएको छ ।

श्रीलंकाको राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्मकै बढी ३८ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि छन् ।

प्रतिक्रिया दिनुहोस्