Logo
Logo

ओली र मोदीबीच आज भेटवार्ता हुँदै


504
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आज (आइतबार) साँझ भेटवार्ता हुने भएको हो ।

नेपाली पक्षको लामो प्रयास र गृहकार्यपछि ओली र मोदीबीच आधा घण्टा होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता हुने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । मोदी उक्त होटेलमा बसिरहेका छन् ।

ओली प्रधानमन्त्री नियुक्त भएपछि उनीहरुबीच पहिलोपटक भेटवार्ता हुन लागेको हो । प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध तिक्त रहेको चर्चाकाबीच हुन लागेको यस भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्