Logo
Logo

पूर्वएआईजी ज्ञवालीसहित ५ जनाले दायर गरेको रिट फिर्ता


1.1k
Shares

काठमाडौं । अवकाशप्राप्त एआईजी श्यामलाल ज्ञवालीसहित पाँच जना प्रहरी अधिकृतहरुले सर्वोच्चमा दायर गरेको निवेदन फिर्ता लिएका छन् ।

उमेर हदका कारण अवकाश रोक्न माग गर्दै सर्वोच्च अदालतमा ज्ञवालीसहित डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ ।

उच्च प्रहरी अधिकृतहरूले सो व्यवस्था हटाउन माग गरेको रिटमाथि न्यायाधीश सारङ्गा सुवेदीलेको प्रारम्भिक सुनुवाइ गर्दै उमेर हद्दका कारण अवकाश नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उनीहरु पछि हटेका हुन् । डीआईजी राजेशनाथ बास्तोलाले सर्वोच्च अदालतमा दिएको निवेदन फिर्ता लिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्