Logo
Logo

सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय


630
Shares

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।
उच्च अदालत पाटनले नाबालिका बलात्कारको आरोप लागेका सन्दीपलाई सफाइ दिएको थियो ।

मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो । त्यही फाइलको अध्ययनपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।

अब क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सामना गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्