Logo
Logo

संसदीय सुनुवाइ समितिको बैठक स्थगित


252
Shares

काठमाडौं । आइतबार बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।

श्रीलंका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे निर्णय गर्न बस्ने भनिएको बैठक स्थगित भएको हो । अब अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।

प्रस्तावित राजदूत भट्टराईलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने तयारी गरेको छ । भट्टराईले राजदूत सिफारिस भएपछि परराष्ट्र मन्त्रालय र सुनुवाइ समितिमा न्यूनतम स्नातक गरेको शैक्षिक प्रमाणपत्र पेश नगरेपछि बिहीबार समितिले तुरुन्तै पेश गर्न भनेको थियो ।

तर, भट्टराईले प्रमाणपत्र नै पेश नगरेपछि उनलाई अस्वीकृत गर्न आइतबार बिहान ११ बजे समितिको बैठक बोलाइएको थियो तर आजको बैठक बस्दै नबसी स्थगित भएको छ ।

एक सांसदका अनुसार भट्टराईले निर्देशनअनुसार शैक्षिक प्रमाणपत्र पेश गरेका छैनन् । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ अनुसार राजदूत हुन स्नातक उत्तीर्ण गरेको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्