Logo
Logo

दुर्गा प्रसाईँलाई ३ दिन हिरासतमा राख्न अनुमति


1.3k
Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

आइतबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेले ३ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्