Logo
Logo

प्रधानमन्त्रीले न्यूयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द


1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द भएको छ ।

प्रधानमन्त्री ओलीले आज नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम कार्यक्रम थियो । तर, नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो ।

न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले अन्तिम समयमा सूचना जारी गर्दै सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री ओलीले आज नेपाली समुदायलाई सम्बोधन गर्ने बृहत कार्यक्रम रद्द गरिएको जानकारी दिएको हो । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शुक्रबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका थिए ।

प्रतिक्रिया दिनुहोस्