Logo
Logo

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला


567
Shares

बारा । बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको छ ।

कोल्हबी नगरपालिका–२, भलुयाहीखोरमा करिब १५ वर्षको जंगली हात्ती मृतावस्थामा फेला परेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले जानकारी दिए ।

स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृतावस्थामा फेला परेको हो । हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा फेला परेको थियो ।

जंगलमा करेन्ट के उद्देश्यले, कसले, किन लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको र चाँडै विद्युतीय धराप थाप्ने व्यक्तिलाई पक्राउ गरिने सबडिभिजन वन कार्यालयले जनाएको छ ।

यसअघि, ०८० फागुनमा समेत सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृतावस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्