Logo
Logo

अञ्जुको ‘तिमीसँगै’ (भिडियो)


315
Shares

काठमाडौं । गायिका अन्जु श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । मिन गुरुङको शब्द तथा संगीत रहेको ‘तिमीसँगै’ बोलको गीत गायिका श्रेष्ठ र पदम लुहारको युगल आवाजमा भिडियोसहित सार्वजनिक भएको हो । चर्चित मोडल कलाकार स्मारिका ढकाल र सुरेश कोहिलको मुख्य अभिनय रहेको यस गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् ।

दशैको संघार पारेर बजारमा ल्याईएको यस गीतमा मुग्लानी युवक र उनकी प्रेमिका विचको गहिरो प्रेम र वियोगलाई भावुक शैलीमा चित्रण गरिएको छ । ग्रामिण परिवेसको सजिव कथा बोकेको यस गीतको छायाँकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालको रहेको छ ।

गीत सार्वजनिक भएपछि सकारात्मक प्रतिकृयासहित अगाडी बढिरहेको यस गीतकी गायिका अन्जु श्रेष्ठ नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि सक्रिय छिन् । कलानिधि संगीत महाविद्यालयबाट शास्त्रिय संगीतको अध्ययन गरेर नेपाली साँगीतिक क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठको पहिलो गीत तिज गीत ‘रातो साडी’ हो ।

आधुनिक, पप, देशभक्त, गजल, लोक आधुनिक लगायतका विभिन्न विधाका गीतहरुमा आवाज भरेकी श्रेष्ठका केही गीतहरुमा आफ्नै शब्द तथा अभिनयसमेत रहेका छन् । विभिन्न अवार्ड प्राप्त गायिका श्रेष्ठले आफ्ना केही गीतहरु आउने तयारीमा रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्