Logo
Logo

आज सुनको मूल्य हालसम्मकै उच्च


945
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन प्रतितोला चार सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ५८ हजार ८ सयमा कारोबार भएको सुन आज १ लाख ५९ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै सर्वाधिक उच्च मूल्य हो । महासंघका अनुसार आज चाँदीको मूल्य भने हिजोकै यथावत छ । चाँदीको मूल्य आज १ हजार ९ सय २० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्