Logo
Logo

पोखरामा विरोध प्रदर्शनमा उत्रिए रास्वपाका कार्यकर्ता


819
Shares

काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै उनीहरुले पोखराको शहीद चोकमा विरोध प्रदर्शन गरेका हुन् ।

रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरु भेला भएर प्रदर्शन गरिरहेका छन् । उक्त विरोध कार्यक्रम निरन्तर चल्ने गौतमले बताए । लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको उनीहरूको आरोप छ ।

प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारा सहितका प्लेकार्ड बोकेका छन् ।
सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया प्रालिमा अनियमित तवरबाट विभिन्न सहकारीबाट ६५ करोड लगानी भएको निष्कर्ष निकालेको थियो ।

समिमितले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, सञ्चालक कुमार रम्तेल र सदस्य छविलाल जोशीलाई कारबाही सिफारिस समेत गरेको थियो । सो प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णयपछि आइतबार जोशी काठमाडौं बाटपक्राउ परेका थिए ।

उनलाई काठमाडौंमा पक्राउ गरेर आइतबार बेलुकी कास्की पु¥याइएको छ । जोशी पक्राउ परेपछि अब रवि पनि पक्राउ पर्ने अनुमान रास्वपाका नेता कार्यकर्ताहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्