Logo
Logo

सहकारी प्रकरणमा पक्राउ परेका जोशीलाई अदालतमा उपस्थित गराइयो


882
Shares

काठमाडौं । प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।

काठमाडौंमा पक्राउ परी पोखरा लगिएका जोशीलाई प्रहरीले आज म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।
उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् । सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार जनाको नाम किटान गर्दै कारबाही गर्न सिफारिस गरको थियो ।

समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा जोशीलाई प्रमुख पात्रका रुपमा किटान गरेको छ । विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ । समितिको निर्णय कार्यान्वयन गर्ने सरकारले निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्