Logo
Logo

साइबर ब्यूरोले लिँदै दुर्गा प्रसाइँको बयान


630
Shares

काठमाडौं । आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साइबर ब्यूरोले बयान लिने काम सुरु गरेको छ । प्रसाईंविरुद्ध उजुरी परेकापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले आइतबार बेलुकी उनकै निवासबाट पक्राउ गरेको थियो ।

पक्राउ गरेलगत्तै प्रसाईको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएको थियो । प्रसाइँ उच्च रक्तचापका विरामी छन् । सीआइबी स्रोतका अनुसार अहिले उनको स्वास्थ्यमा सुधार आएपछि उनीसँग साइबर ब्यूरोको टोलीले सोमबार दिउँसा बयान लिने काम सुरु गरेको हो ।

जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई तीन दिन हिरासतमा राख्न आइतबार प्रहरीलाई अनुमति दिएको थियो । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार तीन दिनको म्याद थप गरिएको हो ।

गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्