Logo
Logo

३२ सीट भए पनि नेपालको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ : रवीन्द्र मिश्र


4k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सीट संख्या थोरै भए पनि नेपालको राजनीति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै वरिपरि घुमिरहेको बताएका छन् ।

संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै उपाध्यक्ष मिश्रले नेपालको संविधानलाई प्रचण्ड संविधानको संज्ञा दिँदै भने, ‘नेपालको संविधान २०७२ लाई मैले प्रचण्डको संविधान २०७२ भन्ने गरेको छु । अहिले हामी जुन बाटो हिँडिरहेका छौं, यहाँ अरु पार्टीका साथीहरु पनि हुनुहुन्छ, पहिले सशस्त्र द्वन्द्वको १० वर्ष त्यो सम्पूर्ण समय प्रचण्डको वरिपरि राजनीति घुम्यो ।’

उनले अघि भने, ‘उहाँ मूलधारको राजनीतिमा आएको १५ वर्षपछि पनि उहाँकै वरिपरि राजनीति घुमिराखेको छ । ३२ सीटको जादुमय कुरा त उहाँ आफैंले गर्नुभएको छ, सीट थोरै होस् वा धेरै उहाँकै वरिपरि घुमिरहेको छ । यो संविधानबाट जे भएको छ, प्रचण्डकै संविधानमार्फत गरिएको छ, जे वास्तविकता उजागर भएका छन्, त्यो प्रचण्डकै संविधानबाट भएका छन् ।’

अब प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनुपर्ने बताए । कांग्रेस-एमालेले संविधान आफूहरुले बनाएको भने पनि केन्द्रमा प्रचण्ड नै रहेको नेता मिश्रले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्