Logo
Logo

कोरानाबाट मृत्यु भएकी महिलाको गाउँमा सेनासमेत परिचालन गरेर सिल


- दृष्टि न्युज/संवाददाता

0
Shares

सिन्धुपाल्चोक, ४ जेठ । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँमा सिल गरिएको छ । शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको कोरोना भाइरस मृत्यु भएपछि सम्भावित सङ्क्रमणलाई रोक्न उक्त गाउँ सिल गरिएको हो ।


सो नपाको वडा नं ९ तथा बलेफी गाउँपालिका वडा नं ८ र ९ सिल गरिएको छ । ती महिलाको माइती बलेफी–९ मा पर्ने हुँदा उक्त क्षेत्र पनि सिल गरिएको हो । उक्त सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिइने भएको छ ।

सिल गरिएका ठाउँका स्थानीयलाई घर बाहिर निस्कन नदिइने र त्यसको व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासमेतलाई जिम्मा दिइएको छ । ती महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई कन्टयाक्ट ट्रेसिङ गरी पिसीआर परीक्षणका लागि क्वारेन्टाइनमा राखी स्वाब सङ्कलन गरिने समितिको बैठकले निर्णय गरेको छ । साथै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिने भएको छ । ती महिला उपचारका लागि त्यहाँ गएको हुनाले उक्त केन्द्र सिल गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्