Logo
Logo
मेलम्ची भ्रष्टाचार प्रकरण

पूर्वसचिव गजेन्द्र ठाकुरलाई ८ वर्ष एक महिना कैद


3.7k
Shares

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई विशेष अदालतले कैद निर्धारण गरेको छ ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ठाकुरलाई ८ वर्ष एक महिना कैद र बिगो बमोजिम जरिवाना निर्धारण गरेको हो ।

विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो  । यस प्रकरणमा ११ जनाले अभियोगबाट सफाइ दिएको थियो । पूर्वसचिव भीम उपाध्यक्ष, सञ्जय शर्मा, बहालवाला सहसचिव रुद्रसिंह तामाङलगायत ११ जनाले सफाइ पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्