Logo
Logo

गैर आवासीय नेपालीलाई नागरिकताको प्रमाण पत्र प्रदान


189
Shares

राैतहट । जिल्ला प्रशासन कार्यालयले सोमबार पहिलोपटक एक जनालाई गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको छ । 

जर्मनी नागरिक फकरुदिन अलिअहमद शेखलाई प्रचलित कानुन बमोजिम निजलाई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको बताए ।  

शेखले हालको गढिमाई नगरपालिका- ३ साविक गमहरिया पर्सा गाविस- ५ को ठेगानामा जन्म स्थान उल्लेख गरि उक्त नागरिकता लिएका छन ।

आवश्यक कागजात उपलब्ध गराएको दिन नै आफूलाई विषेश प्राथमिकताको आधारमा नागरिकता प्रमाण पत्र पाएकोमा उनले खुशी व्यक्त गरे । उनले प्राप्त गरेको गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्रको नम्बर ९-३२-०१-८१-००००१ रहेका छन । सो नागरिकतामा बुवाको नाम शेख नेक महमद र आमाको नाम शेहरा खातुन उल्लेख छ ।

शेखको जन्म मिति २०४०/०१/०१ रहेका छन । उनले २०१८/०२/२३मा जर्मनीको नागरिकता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्