Logo
Logo

काठमाडौं-कुलेखानी-हेटौंडा सडक आजदेखि १२ दिन बन्द


882
Shares

काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन बन्द हुने भएको छ । दक्षिणकाली–छैमले सडक कालोपत्रे गर्नका लागि असोज ८ गतेदेखि १९ गतेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।

दक्षिणकाली नगरपालिकाले एक सूचना जारी गर्दै सो सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिएको हो ।
नगरपालिका सो सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ ।

उक्त सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडाअन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्