Logo
Logo

इजरायलको आक्रमणबाट लेबनानमा एकैदिन ४९२ जनाको मृत्यु


315
Shares

एजेन्सी । इजरायली सेनाको आक्रमणबाट लेबनानमा कम्तीमा ४ सय ९२ जनाको मृत्यु भएको छ । इजरायली सेनाले हिजबुल्लाहका १ हजार ३०० आश्रयस्थलमा आक्रमण गर्दा ३५ बालबालिकासहित ४ सय ९२ जनाको मृत्यु भएको हो । जसमा ५८ महिलाहरु छन् ।

आक्रमणबाट १ हजार ६४५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । इजरायलले गरेको यो आक्रमण गत अक्टुबर ७ मा हमासविरुद्ध युद्ध सुरु गरेयताकै भयानक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेपछि हिजबुल्लाहले हमासलाई सघाउने घोषणा गरेको थियो । त्यसैले इजरायलले हिजबुल्लाहलाई पनि निशाना बनाएको हो । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले इजरायलको आक्रमणबाट सर्वसाधारणका घर, मेडिकल सेन्टर, एम्बुलेन्स र कारहरुमा पनि क्षति पुगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्