Logo
Logo

२०५८ सालदेखिका परिक्षार्थीले मौका परीक्षा दिन पाउने


1.2k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखि छुटेका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिविले मंगलबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मौका परिक्षाको व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

प्रकाशित सूचनामा मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका बि. स.२०५८ साल देखीका वार्षिक प्रणाली अन्तर्गत र २०६९ साल देखिका सेमेस्टर प्रणालीका विद्यार्थीको लागि एकपटक मौका परीक्षा सञ्चालन गर्ने भएको उल्लेख छ ।

त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने त्रिविले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्