Logo
Logo

प्रस्तावित राजदूत भट्टराईबारे निर्णय गर्न बोलाइएको समितिको बैठक सर्यो


441
Shares

काठमाडौं । आज बिहान बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सरेका छन् । बिहान ९ बजे हुने भनिएको संसदीय सुनुबाइ समितिको बैठक दिउँसो ३ बजेको लागि सरेको हो ।

आजको बैठकमा श्रीलंकका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको सुनुवाइ गर्ने कार्यसूची छ । राजदूत बन्न स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र चाहिन्छ । तर, भट्टराईले संसदीय सुनुवाइ समितिमा राजदूत बन्न चाहिने आवश्यक शैक्षिक योग्यताको प्रमाण पत्र बुझाउन सकेका छैनन् ।

आजसम्म पनि भट्टराईले शैक्षिक योग्यताको प्रमाणपत्र नबुझाए उनको नाम राजदूतमा अस्वीकृत हुने सम्भावना देखिन्छ ।
प्रस्तावित १७ राजदूतमध्ये ३ असोजमा १६ जनाको नाम संसदीय समितिले अनुमोदन गरेको थियो । तर, त्यतिबेला भट्टराईको स्नातकको प्रमाणपत्र नपाइएपछि उनको विषयलाई थाँती राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्