Logo
Logo

ऐतिहासिक पदक विजेता एरिकालाई विमानस्थलमा भव्य स्वागत


693
Shares

काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् ।

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन । उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो ।

राखेपाका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराल लामा लगायतले माला, खादा लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्