Logo
Logo

प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले फिर्ता लिए नाम


819
Shares

काठमाडौं । श्रीलंकाका निम्ति प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि मंगलबार उनले आफू प्रक्रियाबाट बाहिरने भन्दै पत्र पठाएका हुन् ।

संसदीय सुनुवाइ समितिको बैठक आजै दिउँसो ३ बजे बस्दै छ । भट्टराईले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र उपलब्ध नगराएकाले उनलाई अस्वीकृत गर्ने तयारी थियो ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा राजदूतमा सिफारिस हुने व्यक्ति नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ । तर, भट्टराईले योग्यता पुग्ने शैक्षिक प्रमाणपत्र समितिमा बुझाएनन् ।

यही असोज ३ गते बसेको समिति बैठकबाट परराष्ट्र मन्त्रालयमार्फत भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र मागिएको थियो ।

प्रतिक्रिया दिनुहोस्