Logo
Logo

जसपा नेपालले बनायो ८ सदस्यीय सचिवालय


567
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले ८ सदस्यीय सचिवालय गठन गरेको छ । असोज २, ३ र ४ गते पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले सचिवालय गठन गरेको हो ।

विधानको धारा‐ ३२ अनुसार सचिवालय गठन भएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

सचिवालयमा पार्टी अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष रकम चेमजोङ, उपाध्यक्ष राजकिशोर यादव, उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, उपाध्यक्ष शिवलाल थापा मगर, उपाध्यक्ष विद्युत बज्राचार्य, महासचिव लालबाबु राउत, महासचिव रामकुमार शर्मा र सचिव लिलादेवी सिटौला छन् ।

जसपा, नेपालमा २१ सदस्यीय पदाधिकारी छन् । गत भदौ १० गते बसेको बैठकले पदाधिकारीहरूको टुंगो लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्