Logo
Logo

ठेकेदारहरूद्वारा लुम्बिनी विकास कोषका पदाधिकारीमाथि आक्रमण 


2.1k
Shares

रूपन्देही । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले गुण्डागर्दी शैलीमा मङ्गलबार आक्रमण गरेका छन । 

राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मङ्गलबार लुम्बिनीस्थित फाइभ होटलमा कार्यक्रम भईरहेकाे बेला ठेकेदारहरूको एक हुल होहल्ला गर्दै गुण्डागर्दी शैलीमा आक्रमणमा उत्रेका हुन् । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिवलाई आक्रमण गरेका हुन ।

कोषाध्यक्ष भट्टराईलाई एकाएक २० जना जतिको समूहले लछार्दै आक्रमण गरेका थिए । यस्तै आक्रमणबाट सदस्य सचिव सानुराजा शाक्यको मुखमा चोट लागेको छ । 

केहिदिनदेखि गुरूयाेजनाकाे कामको भुक्तानी नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरि समाधान गर्न लागिरहेकाे बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएकाे कोषाध्यक्ष भट्टराईले बताए । उनले आफूमाथि ज्यान नै असुरक्षित हुने गरि आक्रमण भएकाले सुरक्षाकाे माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्