Logo
Logo

कुमारी बैंकको १ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


315
Shares

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयर धनीको नाममा रहेको १ लाख ९ हजार ८६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयर धनीहरुले आवश्यक कागजात सङ्कलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं, नक्साल, नागपोखरि वा बैंकको प्रधान कार्यालयमा काठमाडौं, टंगालमा आइपुग्नेगरी आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयर धनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्