Logo
Logo

प्रमाण नपुगेपछि अदालतले पक्राउ पुर्जी जारी नगरेको हो : रवि लामिछाने 


3.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पक्राउ पुर्जी जारी गर्न कुनै प्रमाण नपुगेको बताएका छन् । 

मंगलबार साँझ फेसबुक लाइभबाट सभापति लामिछानेले आफूले पाएको सूचना पाएको आधारमा अदालतले प्रमाण नभएर पक्राउ पुर्जी जारी गर्न आनाकानी गरेको बताएका छन् । 

उनले भनेका छन्, ‘मैले पाएको सूचनाको आधारमा मविरुद्ध पक्राउ पुर्जी जारी गर्न कुनै प्रमाण नपाएर अदालतले नै नमानेको सुनेको छु । तर सरकार भने जबर्जस्ती रुपमा मविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तर्फ लागेको छ ।’

सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिले नै आफूले कुनै पनि सहकारीबाट रकम हिनामिना गरेको प्रमाण नभेटेको बताएका छन् । 

उनले भने, ‘संसदीय छानबिन समितिका सभापति सूर्य थापाले नै मैले कुनै पनि सहकारीबाट रकम ऋण लिएको नपाएको बताउनु भएको छ । प्रतिवेदनमा पनि त्यही उल्लेख छ ।’

प्रतिक्रिया दिनुहोस्