Logo
Logo

झापामा ८० हजार घुससहित वडाध्यक्ष पक्राउ


315
Shares

झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कामका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ओली पक्राउ परेका हुन् ।

ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहानसमेत पक्राउ परेका छन् । घुस लेनदेनको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट टोली खटिएको थियो । दुवै जनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्