Logo
Logo

श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिद्वारा नयाँ मन्त्रीमण्डल गठन


एजेन्सी

756
Shares

कोलम्बो । आर्थिक संक्टको समना गरिरहेको श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले मङ्गलबार देशको अपेक्षित संसदीय चुनाव आगावै आफ्नो मन्त्रीमण्डल गठन गरेका छन् ।

पिपुल्स लिबरेसन फ्रन्ट ९जेभीपी० का स्व–स्वीकृत मार्क्सवादी दिसानायकाले सप्ताहन्तमा भएको राष्ट्रपति चुनावमा ठूलो जीत हासिल गरेपछि सोमबार पदभार ग्रहण गरेका हुन् ।

श्रीलङ्काको २ सय २५ सदस्यीय संसदमा हाल उनको पार्टीको तर्फबाट जम्मा तीन जना सांसद छन् । तर सन् २०२२ को आर्थिक मन्दीले लाखौं साधारण श्रीलङ्कालीलाई प्रभावित पारेको र आइएमएफको उद्धार योजनाको पीडादायी कार्यान्वयनपछि उहाँप्रतिको समर्थन बढेको थियो ।

उनको कार्यालयले मङ्गलबार ५४ वर्षीया सांसद हरिनी अमरसुरियालाई न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्रीको रूपमा नियुक्त गरेको घोषणा गरेको छ ।

चार वर्षअघि पहिलोपटक संसदमा निर्वाचित हुनुभएको अमरसुरिया लैङ्गिक समानता र अल्पसङ्ख्यक अधिकारका मुद्दाहरूमा सक्रियताका लागि परिचित छन् । उनी र बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्नुहुनेछ र संसद विघटन भएपछि कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्नेछन् ।

‘हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रीमण्डल हुनेछ’, पार्टीका सदस्य नमल करुणारत्नेले मङ्गलबार सञ्चारकर्मीसँग भने, ‘त्यसपछि संसद विघटन हुनेछ । यो आगामी २४ घण्टाभित्रमा पनि हुन सक्छ ।’

श्रीलङ्काको सङ्कट दिसानायकेका लागि एउटा अवसर साबित भएको छ । उनी ३८ अन्य उम्मेद्वारलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन् । अन्तर्राष्ट्रिय मुद्राको (आइएमएफ)ले सोमबार दिसानायकेलाई बधाई दिँदै उद्धार कार्यक्रमबारे छलफल गर्न तयार रहेको बताएको छ ।

‘श्रीलङ्कालाई आर्थिक पुनरुत्थानको मार्गमा लैजान सहयोग गरेको कठोर परिश्रमबाट हासिल गरिएका उपलब्धिहरूलाई अगाडि बढाउने दिशामा हामी राष्ट्रपति दिसानायकासँग मिलेर काम गर्न तयार छौँ’, वासिङ्टनस्थित आइएमएफका एक प्रवक्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्