Logo
Logo

सिरहामा छोरा-बुहारीको कुटपिटबाट बुवाको मृत्यु


252
Shares

सिरहा । सिरहामा छोरा बुहारीको कुटपिटबाट बुवाको मृत्यु भएको छ । औरही गाउँपालिका–३ खजनपुर टोलकम ६५ वर्षीय भालेश्वर यादवको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार घरायसी विवादमा सोमबार साँझ छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए ।

छोरा बुहारीको कुटपिटबाट गम्भीर घाइते भालेश्वरको प्रादेशिक अस्पताल सिरहामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी सापकोटाले बताए ।

कुटपिट लगतै प्रहरी चौकी औरहीबाट गएको टोलीले छोरा शैलेन्द्र यादवलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्