Logo
Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक भिसा इन्टरनेसनलद्धारा सम्मानित


315
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) भिसा इन्टरनेसनलद्धारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा ‘Excellence in New Payment Flows- Issuer’ बाट सम्मानित भएको छ ।

काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल–२०२४’मा एनआईएमबी सम्मानित भएको हो । विगत ४ दशकदेखि ग्राहकवर्गलाई गुणस्तर सेवा दिँदै आएको एनआईएमबीले आगामी दिनहरुमा पनि ग्राहकवर्गहरुलाई आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ ।

हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्