Logo
Logo

हिरो बन्न खोजेर डाक्टरको भिडियो खिच्ने प्रहरी फन्दामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ जेठ ।
चेकजाँचको नाममा नागढुंगामा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्की सवार गाडी खानतलासी गर्दै उनको हुर्मत लिएको अभियोगमा स्थानीय उत्तम कार्की पक्राउ परेका छन् ।


महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले अधिकार नै नभएको काम गरेको र सवारी रोक्ने तथा खानतलासी लिने गरेको अभियोगमा कार्कीलाई पक्राउ गरिएको बताए ।
‘खानतलासीको भिडियो सार्वजनिक भएपछि सोही आधारमा हामीले खोजतलास गरी पक्राउ गरेका हौँ,’ उनले भने, ‘अनुसन्धान गर्दै छौँ । कसुअनुसार मुद्दा चलाउँछौँ ।’

चन्द्रागिरि नगरपालिका क्षेत्रमा कोरोना भाइरस संक्रमित देखिएपछि लकडाउन प्रभावकारी बनाउन शुक्रबार स्थानीयको भीड सडकमा उत्रेको थियो । कोरोना संक्रमित बढ्दै गएपछि स्थानीय उत्तेजित भएर सडकमा उत्रेको ज्ञवालीले बताए ।
आवातजावतमा कडाईका नाममा अत्यावश्यक सेवामा खटिएकाहरुमा समेत कतिपय स्थानमा दुव्र्यवहार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्