Logo
Logo

सर्वोच्चले टुंग्याएन अग्नि सापकोटाविरुद्धको मुद्दा


756
Shares

काठमाडौं । १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन पूर्वसभामुख तथा माओवादी नेता अग्नि सापकोटा विरुद्धको मुद्दा फैसला नगरी फेरि अनिश्चिततातर्फ गएको छ । निर्णय सुनाउने मिति पटक पटक सारेको सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार फैसला नगरी ‘अन्य आदेश’ गरेको हो ।

‘मुद्दामा अन्य आदेश भनेर सूचित गरिएको छ, के आदेश भएको हो, भोलिसम्म त्यसको पाठ तयार भएपछि मात्रै थाहा होला’, सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले भने, ‘आदेशको विवरण थाहा नहुदासम्म यसबारेमा थप बताउन सकिएन ।’

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले १९ असोजमा अवकाश पाउने भएकाले भएकाले यो मुद्दा फेरि सुरुदेखि सुनुवाइ गर्नुपर्ने देखिएको छ । श्रेष्ठले अवकाश पाएपछि ५ सदस्यीय संवैधानिक इजलासमा अर्को न्यायाधीश संलग्न हुनेछन्, त्यस अवस्थामा यो मुद्दाको सुनुवाइ फेरि सुरुदेखि नै गर्नुपर्नेछ ।

१२ वैशाख, २०८१ मा पछिल्लो पटक सुनुवाइ गरी डेढ महिनापछि निर्णय सुनाउने मिति तोकेको संवैधानिक इजलासले पटकपटक मिति सारेको थियो । निर्णय सुनाउने मिति दुई पटक सारेर १२ भदौमा अन्तिमपटक मिति तोकिएको थियो । त्यसपछि ९ असोजका लागि मिति तोकिएको हो ।

सबै प्रक्रिया पूरा भएर फैसलाको लागि परिपक्व भएको मुद्दामा मात्रै निरन्तर सुनुवाइ गरेर निर्णय सुनाउने मिति तोक्ने गरिन्छ । त्यस्तो मुद्दा फैसला गर्नुपर्नेमा अवकाशको नजिक पुगेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको इजलासले मुद्दा टुंग्याउन रुची नदेखाएको हो ।

संवैधानिक इजलासमै रहेका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत संसदीय सुनुवाइको पर्खाइमा छन् । न्यायपालिकाको नेतृत्व परिवर्तन हुन लागेको बेला संवैधानिक इजलासमा विचाराधीन संवेदनशील मुद्दा निर्णय नभई टुंगिएको हो ।

प्रतिक्रिया दिनुहोस्