काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र स्पेनका राष्ट्रपति पेड्रो सान्चेजबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका राणाले राष्ट्रपति सान्चेजसँग भेट गरेका हुन् । भेटमा उनीहरूबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।
नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।