काठमाडौं । गएराति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । वर्षाका कारण कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
सो राजमार्गमा आज (बिहीबार) बिहानैदेखि सवारीसाधन चल्न नसकेका छैनन् । कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभित्र ठाउँमा पहिरो खस्दा बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।