Logo
Logo

बलात्कारमा फसाइदिने भन्दै ३० लाख मागेको आरोपमा इन्सपेक्टर शाहीमाथि छानबिन


4.2k
Shares

काठमाडौं । ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि छानबिन थालिएको छ । बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा लेनदेन गरेको आरोप लागेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालले शाहीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको हो ।

घटनाको छानबिनका लागि डीएसपीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको प्रहरी छ । ललितपुर प्रहरी परिसरका डीएसपी नरहरी अधिकारीको संयोजकत्वमा छानबिन समिति बनाइएको हो । छानबिन भइरहेकाले शाहीलाई जिम्मेवारीबाट हटाएर तानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।

हनी ट्रयापको घटनामा बलात्कारमा फसाइदिने भन्दै शाहीले युवतीसँग मिलेर ३० लाख पैसा लिएको पाइएको स्रोतले बताएको छ । लेनदेन संलग्न केहीलाई पक्राउ समेत गरिसकिएको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्