Logo
Logo

म संसदमा सिंह भएर निस्केको छु, केही समयभित्रै वामपन्थी एकता हुन्छ : प्रचण्ड


3k
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाइने बताएका छन् ।

बिहीबार कीर्तिपुरमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले सोही अनुसार योजना र कार्यक्रम बनाउन विद्यार्थी संगठनलाई निर्देशन दिए ।

विद्यार्थी संगठनलाई निर्देशन दिँदै उनले भने, ‘अहिले वामपन्थी शक्तिलाई समाप्त गर्न प्रतिक्रियावादी शक्तिहरूले निकै षड्यन्त्र गर्दैछन् । त्यसको प्रतिवाद गर्न सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा आउनेछौँ । तपाईँ सडकको बाघ भएर निस्कनोस् । म संसदमा सिंह भएर निस्केको छु । केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाउनुहुनेछ ।’

दसैँ लगत्तै बस्ने केन्द्रीय समिति बैठक पार्टीको लागि माइलस्टोन(कोशेढुंगा) हुने अध्यक्ष प्रचण्डले बताए । ‘केन्द्रीय समिति बैठक माइलस्टोन हुनेछ । देशमा देखा परको राजनीतिक समस्या हल गर्ने गरी निर्णय गर्नेछ । यति बेला नै क्रान्तिकारीको सम्मेलन राख्नुको ठुलो अर्थ छ । तपाईँको भव्यताका साथ सम्मेलन सफल गर्नुहोस् । यसले हामीलाई थप ऊर्जा मिल्नेछ ।’

प्रतिक्रिया दिनुहोस्