Logo
Logo

मध्य मर्स्याङ्दी जलविद्युत केन्द्रको स्टोरबाट करोडौं मूल्यका सामान गायब


15k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरण मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र लमजुङको स्टोरबाट करोडौँ मूूल्यको गायब भएकाे छ । करिब एक करोड मूल्य बराबरको सामान हराएको हो ।

विश्वस्त स्रोतका अनुसार प्रतिमिटर दुुईसय मूल्य पर्ने ३×२.५ एमएम इस्क्वायर तामाको कन्ट्रोल केवल १ ड्रम, प्रतिमिटर नौ सय ५० रुपैयाँ मूल्यपर्ने १९×१.५ एमएम इस्क्वायर तामाको कन्ट्रोल केवल १ ड्रम, त्यस्तै ६ सय मूल्यपर्ने १०×१.५ एमएम इस्क्वायर तामाको कन्ट्रोल केवल १ ड्रम, प्रतिमिटर १५ सय मूल्यपर्ने २४×१.५ एमएम इस्क्वायर तामाको कन्ट्रोल केवल १ ड्रम, प्रतिमिटर २१ हजार मूल्यपर्ने चारसय एमएम इस्क्वायर तामाको सिंगलकोर पावर केवल, प्रतिसेट तीन हजार मूूल्यपर्ने २४×१.५ एमएम इस्क्वायरको बसबारलगायतका सामान हराएको छ ।

स्टोर किपरका रूपमा भीमकुमारी श्रीस कार्यरत छिन् । कवाडी बेच्ने नाममा सुरक्षित रूपमा राखिएका करोडौं मूल्यका सामानहरू अर्काे ठाउँमा सारिएको थियो ।

सामान सार्ने क्रममा प्राधिकरणका कर्मचारीहरूले विरोध गरेका थिए । तर, कर्मचारीहरुको विरोधका बिचमा सुनियोजित ढङ्गले मिलेमतोमा स्टोर किपर र इन्जिनियर अशेषबाबु तिमिल्सेनाले उक्त सामान सारेको थिए । सामान सारिएको केही दिनमै सामान हराएको स्रोतले जानकारी दिएको छ । यो विषयमा अहिलेसम्म केन्द्रीय कार्यालयबाट पनि कुनै छानबिन समिति बनाइएको छैन ।

केन्द्रीय कार्यालयका एक कर्मचारीले यस विषयका बारेमा बुुझेरमात्रै प्रतिक्रिया दिने बताएका छन् । उक्त प्रकरणमा स्टोर किपर, इन्जिनियर र सोनाको मिलेमतो भएको देखिन्छ ।

सेनाको चण्डी प्रसाद गणका हातहतियारसहित सुरक्षाकर्मीको घेरामा रहेको त्यत्रो सामान यसरी हराएपछि प्राधिकरणका कर्मचारीले सेनाको समेत मिलेमतोमा घटना घटेको हुनसक्ने आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्