Logo
Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई दुसित थानीमा आकर्षक छुट


504
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र दुसित थानी हिमालयन रिसोट, धुलिखेलबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई फुड एण्ड बेवरेज र स्पा सर्भिसमा १५ प्रतिशतसम्म छुट दिने भएको छ ।

छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्