Logo
Logo

इन्डोनेसियाको अवैध सुनखानीमा पहिरो : १५ जनाको मृत्यु, दर्जनौँ बेपत्ता


189
Shares

एजेन्सी । पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने भग्नावषेशमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।

सुमात्रा टापुमा अवस्थित पश्चिम सुमात्रा प्रान्तको दुर्गम क्षेत्रमा बिहीबार साँझ भारी वर्षाले पहिरो निम्त्याएको प्रान्तीय विपद् न्यूनीकरण विभागका प्रवक्ता इल्हाम वहाबले बताए ।

‘हिजो राति सुन खानीमा पहिरो गएको जानकारी हामीले प्राप्त गर्यौ । पहिरोमा दर्जनौ मानिक पुरिएका छन्, पीडितको खोजीकार्य जारी छ’, उनले भने ।
इल्हानले घटनामा १५ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको र उद्धारकर्ताले बेपत्ता भएका २५ जनाको खोजी गरिरहेको जानकारी गराएका छन् ।

सोलोक जिल्ला विपद् विभागले विज्ञप्तिमार्फत परित्याग गरिएको ‘अवैध’ खानीमा पहिरो गएको जानकारी गराएको छ । दुर्गम ठाउँमा रहेको यस क्षेत्रमा पुग्न नजिकैको गाउँबाट घन्टौँ पैदल हिँड्नुपर्ने भएकाले उद्धार कार्यमा बाधा पुर्याइरहेको इल्हामले बताए ।

‘पहिरो गएको स्थान धेरै टाढा छ । यसले उद्धारका प्रयासमा बाधा पुर्याएको छ’, उनले भने । सोलोक जिल्ला विपद् विभागले उक्त क्षेत्रमा मोबाइल फोनको पहुँच नभएकाले उद्धारकर्तालाई एकअर्कासँग कुराकानी गर्न गाह्रो भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्