Logo
Logo

नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध


252
Shares

धादिङ । अविरल वर्षाका कारण पहिरो र सडक भासिँदा नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ । थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको प्रहरीले जनाएको छ ।

यस्तै, सोही स्थानमा मुग्लिनतर्फ आउँदै गरेको प्र–३–०१–०२४ च ३०५६ नम्बरको बलेरो जिप पल्टिएकाले त्यसलाई उठाउने प्रयास भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभिरमा पहिरो आएर अवरुद्ध भएको सडक २ वटा स्काभेटर लगाएर पन्छाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्