Logo
Logo

काठमाडौँ उपत्यकामा मृत्यु भएका १० जनाको सनाखत


2.5k
Shares

काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँमा ११ जनाले ज्यान गुमाएका छन् । मृत्यु भएकाहरूमध्ये १० जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दक्षिणकाली नगरपालिका–८ मा बस्दै आएका ४३ वर्षीय भविन्द्र लिम्बु, ४० वर्षीय कुमार तामाङ, २३ वर्षीया मनु तामाङ, दक्षिणकाली–९ बस्ने ३७ वर्षीय प्रेम बलामी, ३४ वर्षीय कान्छा बलामी, र वडा नम्बर–७ बस्ने ५० वर्षीया देवी लिम्बु छन् ।

त्यस्तै, सप्तरीको अग्निसयर कृष्ण सौरण गाउँपालिका घर भएर इचंगुनारायण बस्ने ४५ वर्षीय सचिन शाहको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ मसिने बस्ने ३८ वर्षीय गर्ब तामाङ र उनकी पत्नी ३६ वर्षीया सबिना तामाङको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कीर्तिपुरमा २४ वर्षीय अजय पाण्डेले ज्यान गुमाएका छन् । उनी अर्घाखाँची घर भएर कीर्तिपुर बस्दै आएका थिए । त्रिभुवन विश्वविद्यालयको गेट अगाडी खोलामा एक जना पुरुष मृत भेटिएका छन् । उनको पहिचान खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्