Logo
Logo

फोक्सीनटारको पक्कीपुल सुनकोशीले बगायो


3.7k
Shares

उदयपुर । सगरमाथा सडकको उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेल जोड्ने सगरमाथा मार्गअन्तर्गत उदयपुर र खोटाङको बीचमा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदीको पक्की पुल बाढीले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुई दिनदेखि भइरहेको निरन्तर वर्षाको कारण सुनकोशीमा आएको बाढीले उक्त पक्की पुल बगाएको हो । बाढीले पुल बगाएपछि गरमाथा सडकमार्गअन्तर्गत गाईघाट दिक्तेल सडकमा यातायात सञ्चालन पूर्णरूपमा विच्छेद भएको छ ।

विसं २०६७ बाट निर्माण सुरु भएको उक्त पुल बल्ल २०७९ सालदेखि निर्माण सम्पन्न भएर सञ्चालन भएको थियो । एक सय ७८ मिटर लम्बाइ र ७ दशमलव ५ मिटर चौडाइको उक्त पुल रु १३ करोडमा निर्माण भएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुरले बताएको छ ।

सुनकोशीमा आएको भीषण बाढीले फोक्सिङटारस्थित सुनकोशीको पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख हरिहरनाथ योगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्