Logo
Logo

बरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको निधन


378
Shares

पाल्पा । बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्र सेनानी कर्णबहादुर कार्कीको निधन भएको छ । पत्रकार महासङ्घका पूर्व केन्द्रिय उपसभापति समेत रहेका कार्कीको शनिबार बिहान ८ बजेतिर उहाँकै निवास पाल्पाको तानसेन धुर्बघाटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

लामो समयदेखि मधुमेह र दुई वर्षदेखि मिर्गौलाको समस्यासँग जुधिरहेका कार्की पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय भएसँगै २०३६ सालको जनमत सङ्ग्रहपछि पाल्पाबाट पत्रकारिता सुरु गरेका थिए ।

उनले जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा रहेर पत्रकारिता गरेका थिए । २०४५ सालमा रूपन्देहीबाट दैनिक लुम्बिनीको प्रकाशन सुरु गरेका कार्कीको जन्म २०११ सालमा भएको हो । स्वर्गीय कार्कीको श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । कान्छा छोराको केही वर्ष अघि मृत्यु भइसकेको छ ।

उनको चाहना अनुसार कान्छा छोराको अन्त्येष्‍टि गरिएकै स्थान बुटवल योगीकुटीस्थित मगरघाटमा शनिवार दिउँसो अन्त्येष्‍टि गरिने तयारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्