Logo
Logo

विपत व्यवस्थापनमा सरकार उदासिन देखियो : शेखर कोइराला


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विपत व्यवस्थापन र नागरिकको जीउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताएका छन् ।

देशका प्राय सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘राजधानी काठमाडौँ उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ। जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट बिच्छेद छन । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर राज्य कहाँ छ यतिबेला ?’

नेपाली कांग्रेस सल्यान-काठमाडौ सम्पर्क समितिले काठमाडौँमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान कार्यक्रम’ लाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले राजधानीमै हेर्दाहेर्दै र देख्दादेख्दै मान्छे बगाएको घट्नालाई समेत सरकारले बेवास्ता गरेको आरोप समेत लगाए । सरकार भनेको केवल कुर्सी र पद मात्रै नभएको भन्दै कोइरालाले प्रश्न गरे, ‘मन्त्री क्वाटरकै छेउबाट नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?’

मौसम पूर्वानुमान विभागले केही दिन देखी नै यतिबेला भारी वर्षा हुन्छ भनेपनि सरकारले त्यसको लागि सरकारले आवश्यक नगर्दा मानवीय क्षेती भएको कोइरालाको भनाई छ । सरकारको यो चरम लापरबाही उनको जिकिर छ ।

कोइरालाले यस विपत्तिको घडीमा कांग्रेस पार्टीका हरेक तहका नेताहरूलाई उद्धारमा जुट्न समेत आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्